अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो


मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम गरिएको थियो ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ ०८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा तोकिएको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसामा किनबेच भएको थियो ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३७ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा र बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार  ०६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।