समयमा काम सम्पन्न नगर्ने दुई दर्जन कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस


सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने दुई दर्जन कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण माग गरेको छ ।

कार्यालयले यसअघि पनि कम्पनीको ठेगानामा सूचना पठाएको तर पनि लिखित स्पष्टिकरण नआएको भन्दै बुधबार सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको हो ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

सात दिनभित्र स्पष्टिकरण नआएमा उक्त कम्पनी कालोसूचीमा पर्ने छ । कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।