सुनको भाउमा गिरावट कायमै, बिहीबार १ हजारले घट्यो


नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार १ हजार रुपैयाँले घटेको हो । सोमबार ५०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले घटेको थियो ।

आज छापावाला सुनको भाउ १ लाख १३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४९ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ४ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।