काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको हो ।
सोमबार कारोबारमा आएका ३५४ कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयरहरू ४९ हजार ८०९ पटक किनबेच हुँदा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँको कारोबार भएको थियो ।
सोमबार व्यापार समूह ३२.५५ अंकले बढेको छ भने विकास बैंक समूह २८.८० अंकले, वाणिज्य बैंक समूह १५.३२ अंकले, जिवन बीमा समूह ६.७६ अंकले र वित्त समूह ४.७० अंकले बढेको छ ।
धौलागिरी लघुवित्त र स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।
रिज लाइन इनर्जीको सेयर मूल्य ६.२९ प्रतिशतले घट्दा टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.४२ प्रतिशतले, होटेल फरेष्ट इनको सेयर मूल्य ४.०१ प्रतिशतले घटेको छ ।
कारोबार रकम, कारोबारमा आएका इकाई संख्या र कारोबार संख्याको आधारमा कुमारी बैंक शीर्षस्थानमा रहेको छ । बैकका १० लाख ६८ हजार ९८७ इकाई सेयर १ हजार ८९० पटक किनबेच हुँदा २५ करोड १९ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।







