तिहारमा पनि बिक्री भएन सयपत्री फूूल


स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूूल बिक्रीमा निस्किएका हुन् ।

गल्याङ नगरपालिका तीन छर्तिमा मौलाकालिका कृषि तथा पशुुपालन फार्म मार्फत व्यावसायिक सयपत्रीको फूूलखेती गर्दै आउनुुभएका चन्द्रबहादुुर राना ‘चित्र’ ले बेमौसमीरुपमा उत्पादन भएका फूूल फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूूल उत्पादन गर्नुुभएका उहाँको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुुगेर फूूल बिक्री गरेका छन् । उनले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसल पसलमा फूूल लगेर बिक्री गर्ने गरेको जानकारी दिए ।

“बेमौसमी फूूलको माग धान्न मलाई मुुस्किल हुुन्थ्यो, यसपालि तिहार लक्षित धेरै नै फूूल लगाएकाले र यहाँका धेरै कृषकले फूूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो”, उनले भने,“तयार भएका फूूल बिग्रेला कि भनेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्ने गरेको छुु ।” उहाँले गल्याङ बजारका सात भन्दा वढी पसललाई फूूल बिक्री गर्न दिनुुभएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूूलको मात्रै पसल राख्नुुभएको छ ।

गल्याङ –२ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोलटोलमा पुगेको बताए । “उपभोक्ताको सहजताका लागि पनि टोलटोलमा पुगेर फूूल बिक्री गरेको हुुँ”, उनले भने, “फार्ममा पनि प्रसस्त फूूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुुपरेको हो ।”

यस्तै गल्याङ–११ का कृषक रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्दै आउनुुभएको छ । उहाँले माग भएका व्यक्ति तथा पसलमा पुुगेर फूूल बिक्री गरेको बताए । “फार्ममा जान उपभोक्तालाई असहज भयो”, उनले भने, “टोलटोलमा पुुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूूल बिक्री गर्न सहज भएको छ ।”

वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारी साधनमा फूल राखेर घरघरमा पुगिएको छ । सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे । “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ”, उनले भने, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपालि कृतिम फूूलभन्दा सयपत्री फूूल पसलमा राख्ने गरेका छन् । यद्यपी स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरे पनि बाहिरबाट आउने प्लास्टिकका फूूल पनि बजारमा देखिएको छ । फूूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरु समस्यामा परेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।