भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाउन राष्ट्र बैंकको सुझाव


नेपाल राष्ट्र बैंकले तिहारमा हुने आर्थिक लेनदेनको कारोबार मोबाइल बैंकिङबाट गर्न सुझाव दिएको छ ।

बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गरी दिन सुझाव दिएको छ ।

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौँ’ केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सूचनामा भनिएको छ ।

यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।