प्रभु इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि


प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०र०८१ को पहिलो त्रैमासिकसम्ममा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ७३ पैसा पुगेको छ । यस्तै कम्पनीले गत आवको तुलनामा कुल आम्दानी ३२ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा कम्पनीको कुल आम्दानी १८ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले रिटेन्ड अर्निङमा ९ करोड ५४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित गरेको छ । हाल कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।