एलआइसी नेपालको नाफा ८८.५४ प्रतिशतले बढ्यो


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको खुद नाफा ८८.५४  प्रतिशतले बढेको छ ।

गत वर्ष ३ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा रहेको कम्पनीको नाफा ८८.५४ प्रतिशतले बढेर ५ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको हो ।

खुद नाफामा सुधार भएसँगै प्रतिसेयर आम्दानी पनि ४.२३ रुपैयाँले बढेर ९.०१ रुपैयाँ पुगेको छ । यसअवधिमा खुद बिमा शुल्क आम्दानी भने ०.१० प्रतिशतले घटेर ४ अर्ब ४९ करोड १० लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

यता, लगानी तथा कर्जाबाट आम्दानी १८.७५ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने बिमा कोष १ खर्ब १० अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । यस्तै, रिटेन्ड अर्निङ २ अर्ब ६० लाख रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।