सर्वाधिक लाभाश घोषणा गरेको युनिलिभर नेपालले डाक्यो साधारण सभा

0
Shares

नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश वितरणको प्रस्ताव गरेको युनिलिभर नेपाल लिमिटेडले मङ्सिर २६ गते मंगलबार ३० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

गत आर्थिक वर्षबाट प्रतिसेयर १ हजार ५८० रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको यस कम्पनीले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा मङ्सिर २६ गते दिउँसो ४ः३० बजे सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रतिकित्ता १ हजार ५८० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १२ गते मंगलबारदेखि २६ गतेसम्म बुकक्लोज मिति तोकेको छ । बुकक्लोजको आधारमा मङ्सिर ११ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।