धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुङ्गाना भन्छन् ‘बजारको विकास र स्थायित्वका लागि काम गर्छु’


सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका भिष्मराज ढुङ्गानाले बजार विस्तार तथा स्थायित्वमा कटिबद्ध भएर काम गर्ने बताएका छन् ।

मन्त्रीपरिषदको बैंठकले बोर्डको अध्यक्ष नियुक्त गरे लगत्तै नोटबजारसँगको कुराकानीमा ढुङ्गानाले यस्तो बताएका हुन् ।

‘पूँजी बजारको अहिलेको अस्थिरतालाई सन्तुलनमा ल्याउन आवश्यक काम गर्दै बजार विस्तारलाई केन्द्रमा राखेर काम गर्नेछु । बजारमा व्यवसायिकताको विकासका लागि पनि उत्तिकै ध्यान दिनेछु’ ढुङ्गानाले भने ।

राष्ट्र बैंकमा ३ दशक बिताएका ढुङगाना नेपाल स्टक एक्सचेञ्जको सञ्चालक भैसकेका छन् भने अहिलेसम्म पनि धितोपत्र बोर्डको विज्ञ सदस्य समेत हुन् ।

यस अघि …

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त