बलेफी हाइड्रोपावरको सीईओ धितालको राजीनामा स्वीकृत

0
Shares

बलेफी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन धितालको राजीनामा स्वीकृत भएको छ ।

मङ्सिर ६ गते बुधबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले धितालले दिएको राजीना २०८० मङ्सिर १० गते देखि लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले २०८० मङ्सिर ११ गतेदेखि अर्को निर्णय नभए सम्मको लागि कम्पनीका महाप्रबन्धकसुवास अर्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको कम्पनी सचिव साकार पोखरेलले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।