आइएमई लाइफ चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट सम्मानित

0
Shares

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा सम्मानित भएको छ ।

चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित कार्यक्रममा नेपालको जीवन बीमक कम्पनी ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (रनर–अप) को रुपमा मिति मङ्सिर ०७ गते सम्मानित भएको हो ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इण्डियन इन्स्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।