सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इस्योरेन्सले ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम प्रति कित्ता मूल्य २२० रुपैयाँ ताकिएको छ । २२० मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । इन्स्योरेन्सको सेयरमा आज शुक्रबारदेखि २८ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, काठमाडौँमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।