नेपाल हाइड्रो डेभलोपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेपाल हाइड्रो डेभलोपर्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाण्डौंमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत गरी ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्न लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।