समता घरेलु लघुवित्तको नगद लाभांश घोषणा


समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५.७०७६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको १५० औ बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ०.२८५४ प्रतिशतले हुन आउने ११ लाख २४ हजार ८४५ रुपैयाँको कर प्रयोजनको लागि र ५.४२२२ प्रतिशतले हुने आउने २ करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ नगद लाभांश गरी गरी कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।