कुमारी बैंकको सहायक कम्पनी के.बि.एल सेक्यूरिटिजले थाल्यो कारोबार

0
Shares

कुमारी बैंक लिमिटेडको सहायक कम्पनी के.बि.एल सेक्यूरिटिज लिमिटेडले सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ ।

कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जंगबहादुर राणाले सोमबार एक कार्यक्रमकाबीच कम्पनी (सेयर ब्रोकर नं ९४) को कारोबारको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार शुभारम्भ गरेसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने बताए ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।