सूचीकृत संस्थालाई ३ दिनभित्र वित्तीय विवरणहरु उपलब्ध गराउन नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सूचीकृत संगठित संस्थाहरुलाई तीन दिनभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु उपलब्ध गराउन निर्देशन दिएको छ । यसरी विवरण उपलब्ध नगराउने कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली बमोजिम कारवाही गरिने समेत नेप्सेले स्पष्ट पारेको छ ।

नेप्सेको सूचीकरण शाखाले मंगलबार एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु (प्रतिवेदन) सो विनियमावलीले निर्दिष्ट गरेको समयमा नेप्सेले उपलब्ध गराउन निर्देशन दिएको हो ।

नेप्सेले हालसम्म पनि केही संगठित संस्थाहरुले वित्तीय विवरणहरु समयमा पेस गरेको नदेखिएकोले ३ दिनभित्र त्यस्ता वित्तीय विवरणहरु अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) को लगइन मार्फत अपलोड गर्न भनेको हो । साथै समयमै वित्तीय विवरणहरु अपलोड नगर्ने संगठित संस्थाहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गरिने चेतावनी समेत नेप्सेले दिएको छ ।

नेप्सेले सूचीकृत संगठित संस्थाहरुलाई समयमा वित्तीय विवरणहरु पेस गर्न तथा सेयर मूल्यमा प्रभाव पार्ने तथा सार्वजनिक जानकारीमा ल्याउनुपर्ने सूचना प्रवाह गर्नका लागि नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) लगइन मार्फत विद्युतीय प्रति उपलोड गर्नसक्ने युजरनेम र पासवर्ड उपलब्ध गराउने गरेकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।