सुनको मूल्यमा लगातार गिरावट, चार दिनमा प्रतितोला २८ सयले घट्यो


सूनको मूल्यमा लगातार गिरावट आएको छ । चार दिनमा सुनको भाउ २८ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको थियोे । यस्तै मंगलबार ७०० रुपैयाँले घटेको सुनको भाउ बुधबार ३०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छाापवाला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको भाउ १ लाख १५ हजार ७५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन १ हजार ९७९ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।