लक्ष्मी सनराइज बैंकले कति घोषणा गर्यो लाभांश ?


लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लक्ष्मी सनराइजको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।