लोकसेवा आयोगले माग्यो २७३ जना कर्मचारी


लोकसेवा आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट २७३ कर्मचारी नियुक्त गर्ने भएको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै तृतिय श्रेणी (अप्राविधिक), शाखा अधिकृत पा सो सरह पदको लागि कर्मचारी नियुक्ति गर्ने भएको हो ।

उम्मेद्वारले आज मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी २४ गतेसम्म आवेदन दिन सकिने छ । तलब प्रचलित कानून बमोजिम हुने आयोगको सूचनामा भनिएको छ ।

राष्ट्रिय मानव अधिकार सेवाका पदहरूको परीक्षा सोक सेवा आयोग, केन्द्रीय कार्यालयले तोके बमोजिम हुनेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर.१ हजार २०० बुझाउनु पर्ने छ । एकै सेवा\समूह\उपसमूहको पदका समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले प्रत्येकका लागि ४०० रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।