रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा


शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइल प्रा.लिले दुई उत्कृष्ट इयरबडहरू बजारमा ल्याएको छ । आकर्षक मुल्य,आकर्षक डिजाइन, र उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको कम्पनीले जनाएको छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको यस बडमागीतहरु आरामसँग सुन्न सकिने छ ।

रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ । रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिन्छ ।

४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ । रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ । रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ ।

ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ ।

कम्प्याक्ट र डायनामिक रियलमी बड टि १००

कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिन्छ । ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ ।

गेमिङमा रुची भएका ग्राहकहरुका लागि रियलमी टि १०० मा ८८ एमएसको अल्ट्रा–लो ल्याटेन्सी प्रदान गरिएको छ जसले गेम खेल्दा ल्याग हुन दिन्न । रियलमी लिङ्क एप प्रयोग गरेर सजिलैसँग आफ्नो मोबाइलबाट नै अडियो सेटिङहरू परिवर्तन गर्न सकिनेछ ।

रियलमी टि १०० आइपीएक्स वाटर रेसिस्टेन्स सहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य ३ हजार ९९९ रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।