बिहीबार सूनको मूल्यमा वृद्धि भएको छ । चार दिनमा प्रतितोला २८ सयले घटेको सुनको भाउ एकैदिन २८ सय रुपैयाँले नै वृद्धि भएको हो ।
आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको थियोे । यस्तै मंगलबार ७०० रुपैयाँले घटेको सुनको भाउ बुधबार ३०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छाापवाला सुनको भाउ १ लाख १६ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको भाउ १ लाख १५ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ३१ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८२ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया