आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुरमा खोल्यो शाखा


आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं १ स्थित नगरकोट रोड, सल्लाघारी सपि· कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरिएको छ ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह आज मंसिर २९ गते शुक्रबारको दिन सम्पन्न भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।