साधना र नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने


साधना र नाडेप लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका छन् । साधना कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साधनाले आर्थिक वर्ष २०७८\७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद प्रतिशत २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै नाडेप लघुवित्तको शनिबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७\७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

दुबै लघुवित्तहरुले लाभांश वितरण नगर्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १ पुस २०८०, आइतबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।