एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ग्राहकलाई क्यास ब्याक र स्मार्ट फोन जित्ने मौका


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ ।

जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले एनआईएमबी स्मार्ट रजिस्ट्रेशन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् । साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान स्मार्ट फोन जित्न सक्ने कुरा बैंकले जनाएको छ ।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्टसँगको सहकार्यमा संचालन गरिएको यो अफर यहि पौष १ गते देखि माघ २९ गतेसम्म संचालनमा रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।