सिटिजन्स बैंकका सेवाग्राहीले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा छुट पाउने


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौं स्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्ज बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबारमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।