बोटलर्स नेपालका दुवै कम्पनीे तोक्यो साधारण सभा र बुक क्लोज मिति


बोटलर्स नेपालका दुवै कम्पनीले साधारण सभा बोलाएका आह्वान गरेका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले पुस २७ गते सोल्टि होटल, काठमाडौंमा साधारण सभा बोलाएका हुन् ।

बोटलर्स नेपाल (तराई) को साधारण सभा दिउँसो १२ बजेदेखि सुरु हुने छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

यस्तै बोटलर्स नेपाल (बालाजु) को साधारण सभा ४ बजे सोल्टि होटल, काठमाण्डौंमा सुरु हुनेछ । यस्तै आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने छ ।

यी दुवै कम्पनीले सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दैछन् । जसअनुसार पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।