डलर किन्दै हुनुहुन्छ ? यस्तो छ सोमबारको भाउ


सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । डलर आइतबार पनि सोही भाउमा किनबेच भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४४ रुपैयाँ ३८ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा र बिक्री दर ८९ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा र बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा छ भने बिक्री दर १० रुपैयाँ २२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।