कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाइने


कुमारी बैंकले १ लाख ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी भरत प्रसाद तिमिल्सिनाको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस २ गते मंगलबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।