हिमालयन लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले पुस २५ गते, बुधबार, बोगनभिल्ला इभेन्ट्नस, त्रिपुरेश्वरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा भएका सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते सोमबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।