नेपालमै पहिलोपटक बसोबास रियलस्टेट मेला हुँदै

0
Shares

नेपालमै पहिलोपटक बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको पहुँच बढाउने उद्देश्यले ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । यो मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा सञ्चालन हुनेछ ।

समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका शीर्ष डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ । मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । साथै मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि उपलब्ध हुने छ ।

‘बसोबास प्रपर्टि इभेन्ट’का विशेषताहरू :

यस इभेन्टको दौरानमा प्रपर्टि खरिद गर्ने ग्राहकका लागि १ करोडसम्मको छुट उपलब्ध गराइने छ । साथै यो इभेन्टमा सहभागी तथा प्रपर्टि किन्न इच्छुकले न्यूनतम मूल्यमा प्रपर्टिको छुट दावी गर्ने मौका पाउनेछन् । यस मेलाले ग्राहकलाई बजारका ‘अफ मार्केट प्रपर्टि’ बुकिङ गर्ने मौका दिनुका साथै बैंकिङ सेवा सुविधासम्बन्धी विशेष परामर्श र १० देखि १०० ग्रामसम्म सुन उपहार समेत दिनेछ ।

‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताए । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेता र बिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने उनको धारणा छ ।

‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यवसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधा सम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सय भन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरिदकर्ताका लागि उपयुक्त हुने किसिमका रहेका छन् ।

बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केटप्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबासले सुरूवाती दिन देखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधी, प्रपर्टीको मूल्य तथा नितीनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र टेक्नोलोजीहरूको बारेमा ग्राहकहरूलाई सूचना प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।