उखुको न्युनतम मूल्य प्रतिक्वीन्टलको ६ सय ३५ रुपैयाँ निर्धारण

0
Shares

सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ। बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।

जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन् ।

प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तिब्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुती राखेको पनि बताइन् ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।