एचआइडीसीएलद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैंठकले गत वर्षको मूनाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।