माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त

0
Shares

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन।

विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइराला थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर र नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा उपाधि प्राप्त कोइरालासँग दुई दशक बढीको अनुभव रहेको छ।  कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको बैंकको दाबी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।