हिमालयन बैंक भिसाका २ विधाका अवार्ड सहित सम्मानित


हिमालयन बैंक लिमिटेडले भिसाले प्रदान गर्ने २ वटा अवार्ड पाएको छ ।

भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्येबाट एक्सिलेन्स इन पीओएस अक्वायरिङ विजनेश २०२३ र एक्सिलेन्स इन कन्जुमर कार्ड प्रिपेड २०२३ प्रदान गरेको हो ।

अमेरिकन एक्स्प्रेस, जेसीबी, मास्टर कार्ड, युनियन पे तथा भिसाको प्रणाली स्वीकार गर्दै आएको बैंकले यस्तो अवार्ड पाएको हो ।

एक कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्र तथा नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यको उपस्थितीमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।

ग्राहकहरु को सुविधालाई मध्यनजर गर्दै डाइनर्स, डिस्कभर तथा रुपेका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको बैंकले २७० वटा एटिएम, ६ हजार ५०० भन्दा बढि पीओएस तथा ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।