सुनको मूल्यमा फेडको ब्याजदर कटौती गर्ने संकेतको प्रभाव कायमै, यो साता प्रतितोला २ हजारले बढ्यो


यो साता पनि विश्व बजारमा सुनको मुल्य बढेको छ । गत साता १ हजार ६०० रुपैयाँ बढेको सूनको भाउ यो साता २ हजार रुपैयाँले बढेको हो ।

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन् । उनीहरुले अग्रेजी नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार प्रतितोला छापवाला सुनको भाउ १ लाख १७ हजार ८०० रुपैयाँ तोकिएको थियो । जुन मूल्य साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १९ हजार ८०० रुपैयाँसम्म पुगेको छ ।

स्थानिय बजारमा सोमबार छापावाला सुनको भाउ आइतबार कै भाउमा कायम गरिएको थियो । त्यसको भोलीपल्ट अर्थात मंगलबार २०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै बुधबार १ लाख १८ हजार ४५० रुपैयाँ तोकिएको छापावाला सुनको भाउ बिहीबार स्थिर रहेको थियो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार ४५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ लाख ४८५ रुपैयाँ कायम भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।