पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको ‘फ्लेम प्रो पाईप तथा फिटिङ्गस्’

0
Shares

पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाईप तथा फिटिङ्गस् र ट्रान्सपरेन्ट फिटिङ्गस् नेपाली बजारमा भित्र्याएको छ । उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण पत्रकार सम्मेलन मार्फत शनिबार गरिएको हो।

साथै फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता रहेको कम्पनीको भनाई छ ।

त्यसैगरी ट्रान्सपरेन्ट फिटिङ्गस् तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिसुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आइएसओ ९००१:२००१५ स्ट्याण्र्डडबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुने कम्पनीको दाबी छ ।

पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आइएसआई चिन्ह प्राप्त गर्ने पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।