राद्यी विद्युत कम्पनीको साधारण सभा आह्वान, लाभांश पारित गर्ने

0
Shares

राद्यी विद्युत कम्पनी लिमिटेडले कम्पनीले पुस २९ गते आइतबारसाधारण सभा आह्वान गरेको छ ।

गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव सहित कम्पनीले वार्षिकसाधारण सभा बोलाएको हो ।

वेबिनार मार्फत बोलाइएको सभा त्रिपुरेश्वर काठमाडौंंस्थित आफ्नै कार्यालयमा ११ बजे बोलाइएको छ । सभाले लाभांशका अतिरिक्त प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १५ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १२ गते बिहीबारसम्म नेप्सेमा सेययर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।