एनएमबि बैंकको संचालन मुनाफा २ अर्ब ३४ करोड, वितरण योग्य झण्डै अर्ब

0
Shares

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एक अर्ब ६५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक अर्ब ३७ करोड खूद नाफा आर्जन गरेको बैंकले खूद नाफा करिब २० प्रतिशतले बढाएको छ ।

समीक्षा अवधिमा २ अर्ब ३४ करोड संचालन मुनाफा गरेको बैंकको वितरणयोग्य मुनाफा ९७ करोड २१ लाख छ । नियामकीय व्यवस्था लगायतमा बैंकले ६८ करोड छुट्याएको छ ।

हाल बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड रुपैयाँ  छ । जगेडाकोषमा ७ अर्ब १४ करोड छ ।

समीक्षा अवधिमा बैंकले ९३ अर्ब ९६ करोड निक्षेप संकलन गरी ८७ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ११.९० प्रतिशतले तथा कर्जा बिस्तार १९.६८ प्रतिशतले बढाएको छ। कर्जा विस्तारमा आक्रमक देखिएको बैंकको समीक्षा अवधिसम्म सीसीडी अनुपात ७७.८३ प्रतिशत छ ।

यो अवधिमा बैंकले ३ अर्ब ९ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५ करोड मात्र खूद ब्याज आम्दानी गरेकोे थियो । खूद ब्याज आम्दानी ५०.८४ प्रतिशतले बढेको छ ।

बैंककोे आधार दर ९.९५ प्रतिशत, कस्ट अफ फण्ड घटेर ७.२५ प्रतिशत कायम भएको छ । बैंकको खराब कर्जा एक प्रतिशत मुनी ०.७९ प्रतिशतमा झारेको छ ।

अघिल्लो वर्ष २१.६५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २२.८९ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७४.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५५ गुणा कायम भएको छ ।