रोटरी क्लव स्वयम्भू र नेशनल लघुवित्तद्धारा धादिङका चेपाङ विद्यार्थीलाई सहयोग


रोटरी क्लव स्वयम्भू र नेशनल लघुवित्तले धादिङ बेनिघाटका चेपाङ विद्यार्थीलाई जाडो छल्ने सामग्री वितरण गरेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ०८ जलकन्या आधारभुत विद्यालय र जलदेबी आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा, जुत्ता र स्कुल ब्याग बितरण गरिएको नेशनल लघुवित्तका सञ्चालक एवं रोटरी क्लव स्वयम्भूका अध्यक्ष नरेन्द्र प्रसाद छतकुलीले जानकारी दिए ।

तकुलीको अगुवाईमा दुई संस्थाको सहकार्यमा जलकन्या आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका २४ जनालाइ र जलदेबी आधारभुत विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्मका ४२ जना विद्यार्र्थीलाई उक्त सामग्री हस्तान्तरण गरिएको छतकुलीले बताए ।

बेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ०८ को वडा अध्यक्ष राजकुमार श्रेष्ठ,रोटरी क्लव स्वयम्भू तथा नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका संचालक नरेन्द्र प्रसाद छत्कुली, रोटरी क्लव स्वयम्भूका सदस्य राजेन्द्र कोइराला, फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुली, बिद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थी तथा अभिभावकहरुको संयुक्त उपस्थितिमा न्यानो कपडा र ब्याक झोला बितरण गरिएको थियो ।

जाडो समयमा साना विद्यार्थीलाई न्यानो बनाएर विद्यालयमा दैनिक रुपमा पठनपाठनमा टेवा पुगोस भन्ने हेतुले हुड्डि, ट्राउजर, जुत्ता, मोजा र स्कुल झोला सहयोग गरेको रोटरी क्लव स्वयम्भूका अध्यक्ष नरेन्द्र प्रसाद छत्कुलीले बताए । यस किसिमको सहयोगले समुदायको अध्ययन कार्यमा थप टेवा पुग्ने तथा क्लबको यस किसिमको मानविय कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास क्लवले लिएको छ ।

रोटरी क्लव स्वयम्भू अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था हो । हाल नेपालमा झण्डै १६० वटा भन्दा बढी क्लबमा हजारौैंका संख्यामा रोटरीरियन लगायत रोट्राक्ट र ईन्ट्राक्ट समावेश भई समाज सेवामा सक्रिय छन् । संस्थाले सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य लगायतमा सहयोग तथा सेवा उपलब्ध गराउँदै आएको छ । रोटरी क्लब अफ स्वयम्भु १४ मार्च २००४ मा स्थापना भई रोटरीको मूल्य मान्यता र भावनालाई आत्मासाथ गर्दै २० वर्ष देखि समाज सेवामा समर्पित भई कार्य गरी आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।