महिलाहरूले केही गर्न सक्छन् भन्ने उदाहरण हुन् महरा: पर्यटन राज्यमन्त्री सिर्पाली

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशील सिर्पाली ठकुरीले फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा नेपाली समाजका लागि उदाहरणीय व्यक्तित्व भएको बताएकी छिन् । महिलाहरूले पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै महराले फेसियल हाउसलाई सशक्त बनाएकोमा खुशी व्यक्त गर्दै उनले महरा उदाहरणीय व्यक्तित्व भएको चर्चा गरेकी हुन् ।

नेपालको नम्बर वान ब्युटी सैलुन ‘फेसियल हाउस’ को १६ औं वार्षिकोत्सव समारोहलाई सोमबार काठमाडौंको सिटी सेन्टरमा सम्बोधन गर्दै मन्त्री सिर्पालीले ब्युटिसियनको महत्व प्राचिन कालदेखिनै सुरू भएको चर्चा समेत गरेकी छिन् । प्राचिनकाल र अहिलेको केही तौरतरिकामा भिन्नता आए पनि यसको महत्व उहिल्यैदेखि रहँदै आएको उनको भनाइ थियो ।  ‘जहाँ समस्या आउँछ त्यहाँ सम्भावना पनि सँगै रहेको हुन्छ,’ मन्त्री सिर्पालीले भनिन्, ‘मान्छेले काम गर्ने अठोठ राख्नुपर्छ । स्वदेशमा पनि प्रससतै सम्भावनाहरू छन् । विदेशमा मात्र सम्भव छ नेपालमा केही छैन भन्नू गलत हो ।’

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्नुहुने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ: सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राज्यलाई जनताले कर तिरेपछि त्यस अनुसारको सुविधा पनि पाउनुपर्ने बताए । उनले राज्यलाई कर तिरेपछि संसारका अरु देशका नागरिकले सुविधा पाइरहेको बताउँदै नेपालीले पनि त्यो सुविधा उपभोग गर्न पाउनुपर्ने बताएका हुन् ।

‘अहिले कर तिरेबापत जनताले सामान्य सुविधा पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘एउटा उद्योग स्थापना गर्न सकिएको छैन । न जनतालाई सुविधा छ, न राज्यको उन्नति नै । उल्टै सरकारी कार्यालयमा कर्मचारीको दादागिरी झेल्न नागरिकहरू बाध्य छन् ।’ यही विकराल अवस्थाको अन्त्यका लागि आफूहरू प्रयासरत रहेको उनको भनाइ थियो ।

समारोहमा उनले फेसियल हाउस स्थापना गरेर रोजगारी सृजना गरेकामा फेसियल हाउस र त्यसका सञ्चालहकलाई धन्यवाद ज्ञापन गर्दै अझै प्रगतिका लागि शुभकामना व्यक्त गरे । यस्तै, उनले वैदेशिक रोजगारीको खोजी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागिरहेको लाइनले आफूलाई निकै लज्जित बनाइरहेको भन्दै उनीहरूले रेमिट्यान्स नपठाए देशै नचल्ने अवस्था रहेको बताए ।  यसैगरी उनले व्यक्तिको अनुहारमा मेकअप गरेर मात्र उसको सुन्दरता नझल्किने भन्दै सुन्तरता आत्मबाटै झल्किनुपर्ने पनि बताए । हरेक मान्छेको मन सफा र सुन्दर भयो भने व्यक्तित्व उसै सुन्दरता हुने तर्क उनको थियो । 

अवार्ड र सम्मान प्रदान

फेसियल हाउसको १६औं वार्षिकोत्सव समारोहमार्फत मन्त्री सिर्पालीको स्टुडेन्ट र स्टाफ इन्करेज अवार्डका साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको छ । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित भएका छन् । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापालाई सम्मान गरिएको छ ।

यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रिती रानालाई सम्मान गरिएको छ । यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ । फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ ।

यस्तै, समारोहमा विभिन्न व्यक्तिहरूलाई मायाको चिनो ‘टोकन अफ लभ’बाट सम्मान प्रकट गरिएको थियो । जस अनुसार राजनीतिक विश्लेषक प्रकाश रायमाझी, वुमन कमिटी यूएनआई यूएलआईकी भगवती खड्का, एडभोकेट पुष्पराम पौड्याल, करुणाकर मल्लिक र आकृति रायमाझी, नेपाल ब्युटीसियन युनियनकी महासचिव शशी शाह, नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसी, कर्पोरेट खबर डटकमकी बिजनेस डाइरेक्टर संगीता खत्री, ह्वाइट मिडिया प्रालिका म्युजिक भिडियो निर्देशक तथा सम्पादक शक्ति प्रज्वल घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो । वार्षिकोत्सव समारोहलाई सिनोस, लिसाप, बोटोक्स नेपाल, एमआईकेटीएम ब्युटी केयर, मल्टी न्युट्रेशन प्रालि, नेल आर्ट ग्यालरी, हुन्छ डटकम, एलएलएफटी, ह्वाइट मिडिया र कर्पोरेट खबर डट कमले प्रायोजन गरेको थियो ।

महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् । यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

समारोहमा नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो । यसैगरी,  फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह लगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।