युनाईटेड मोदीले हकप्रद जारी गर्न सिटिजन्स क्यापिटललाई नियुक्त गर्यो बिक्री प्रबन्धक

0
Shares

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

युनाईटेड मोदी र सिटिजन्स क्यापिटलबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाईटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारित भए पश्चात निष्काशन हुनेछ ।

युनाइटेड मोदीको गत मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको होा कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।

नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।