बचत गर्ने बानीको विकास गर्न सनराइज बैंकको नयाँ योजना

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय चेतना आम नागरिकमा बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान शुरु गरेको छ ।

बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज ‘रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ ।
उक्त खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दती खाता सरह पाइनेछ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमितरुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिनेछ ।

खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च व्याज पाउनु हो। साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ। बैंकले मुद्दती खातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ।