टिकेन नेप्सेको वृद्धि, जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

नेप्सेको वृद्धि बिहीबार नै टिक्न सकेन । ६ दिन घटेपछि नेप्से बुधबार २७.९० अंकले बढेको बजार सूचक ८.७१ बिन्दुले झरेको हो । बजार घटेपनि जलविद्युत कम्पनीका सेयरमा भने लगानीकर्ताको आकर्षण बढेको छ । सेयर मूल्य बढेका शीर्ष दश कम्पनीमा ७ वटा जलविद्युत कम्पनी रहेका छन् । 

आज नेप्से परिसूचक ८.७१ अङ्कले घटेर २०४९.२८ को विन्दुमा कायम भएको हो । खरिदकर्ता र बिक्रेताबीच चर्को बार्गेनिङ्ग चलेको बजारमा तीव्र उतार चढाव आएको छ । यसअघि घट्दै बढ्दै गरेको बजार पछिल्लो दश मिनेटमा ऋणात्मक बनेर बन्द भएको हो ।

आज ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर १ लाख ८ हजार ४०३ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०५ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ करोड ५३ लाख २३ हजार रुपैयाँले बढेको हो ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीम ब्याजदर घटेको छ भने राष्ट्र बैंकले पनि सेयर बजार सम्बन्धी नीति खुकुलो बनाएको छ । यसले सेयर बजारमा सकारात्मक माहोल बनाएको छ । यस कारण पनि सेयर बजारले सकारात्मक लय समात्नेमा यस क्षेत्रका विज्ञ आशावादी छन् । अघिललो दिनको तुलनामा कारोबार बढेकाले पनि बजारले गति लिने अनुमान उनीहरुको छ ।

आज कारोबारमा आएका उपसमुहगत सूचक मिश्रीत देखिएका छन् । ब्यापार सर्वाधिक २.३४ प्रतिशतले बढेको बजारमा जलविद्युत १.८५ प्रतिशत, लगानी १.११ प्रतिशत र म्युचुअल फन्ड ०.७६ प्रतिशतले बढेको छ। यसदिन अन्यको सूचक सर्वाधिक ३.७० प्रतिशतले घटेको छ भने जीवन बीमाको १.२७ प्रतिशतले घटेको छ । बाँकी एक प्रतिशतभन्दा कमले मात्र घटेको छ ।

यस्तै आजको कारोबारमा ४ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कालिका पावर, सिंगटी हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्गको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै बिन्धबासिनी हाइड्रोपावरको ९.३१ प्रतिशत, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको ८.२० प्रतिशत, समाज लघुवित्तको ८.१८ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको ७.९३ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ७.८५ प्रतिशत र माण्डू हाइड्रोपावरको ७.६२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतले गुमाएका छन् भने मन्दाकिनी हाइड्रोपावरको मूल्य ५.८० प्रतिशत, नेपाल टेलिकमको ५.४५ प्रतिशत, जानकी फाइनान्सको ५.२८ प्रतिशत, र युनिलिभर नेपालको ५.०८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३३ करोड ४५ लाख १५ हजार ६४५ रुपैयाँ बराबरको ६ लाख ५३ हजार ६४८ कित्ता सेयर १० हजार ८६९ वटा संख्यामा किनबेच भएको छ । यस्तै शिवम् सिमेन्ट्सको १९ करोड ४८ लाख, माउन्टेन इनर्जीको १८ करोड ६४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड २९ लाख र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको १५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार रुपैयाँमा समेटिएको छ । हिजो बुधबार कुल बजार पुँजीकरण ३१ खर्ब ९६ करोड ९५ लाख ६० हजार रुपैयाँ थियो । बिहीबार मात्रै बजार पुँजीकरण १३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।