महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोस्टिक सेन्टरमा छुट पाउने

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले एपोलो डाइग्नोस्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको धुम्बाराहीमा रहेको एपोलो डाइग्नोस्टिक सेन्टर र बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै महालक्ष्मी विकास बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सेन्टरले उपलब्ध गराउने हेल्थ प्याकेज र रुटिन टेस्टमा २५ प्रतिशत, आउटसोर्स टेस्टमा १० प्रतिशत, कोभिड–१९ आरटी पीसीआर टेस्ट १ हजार रुपैयाँ र र्‍यापिड टेस्टमा ७५० रुपैयाँ छुट पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।