पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी

0
Shares

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन भएका छन् । पुस २१ र २२ गते भएको विशेष अधिवेशनबाट अधिकारीको नेतृत्वमा ३२ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल, उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रमेश सिंह ठकुरी, जुहारीलाल चौलागाई र देव प्रसाद जैसी निर्वाचित भएका छन् ।

साथै अधिवेशनबाट सचिवमा तेजामणी शर्मा, सहसचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुईटेल, गीता कार्की काफ्ले, कोषाध्यक्षमा बिमला ढकाल अमगांई, सह कोषाध्यक्षमा लिला अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्र प्रसाद जोसी, राजकुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सुरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी निर्वाचित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।