फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

0
Shares

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेज बीच शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विधार्थी संलग्नता अधिकृत प्राप्ती वि.सी शर्मा बीच भएको कम्पनीले जनाएको छ ।

यस सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ ।

साथै, यस सम्झौताले कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।