पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

0
Shares

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा पौष २४ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको छ ।

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।