शिवम् सिमेन्ट्सको १५ प्रशितशत लाभांस पारित

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (सेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभांस सहित आफ्ना सेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको आज मितिः २०८०।०९।२७ गते राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।