नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १०% छुटसंगै थुप्रै आकर्षक पुरस्कार

0
Shares

अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुने जनाइएको छ ।

बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपालपे क्यूआर बाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेको पनि कम्पनीले जनाएको छ ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त विन्टर अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरहरुमा उपलब्ध रहेका छन् । बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिने जनाइएको छ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्नसक्नेछन् ।

नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआर मा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।